रवि लामिछानेले आज नागरिकता लिने

अर्थ राजनीति  ~   अन्ततः अनागरिक रवि लामिछानेले आज नेपाली नागरिकता लिन जिल्ला प्रशासन कार्यालय जाने भएका छन् ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट आज उनले नागरिकता लिने तयारी गरेका छन् । अवैध नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट लामिछानेको संसद र मन्त्री पद गुमेको थियो । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की समेत रहेको संबैधानिक इजलासका न्यायाधीश विश्वम्भरप्रसाद […]

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

अर्थ राजनीति  ~  आज बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। बिहीबार उनीहरूबीच भेटवार्ता भएको हो। भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा कुराकानी भएको थियो। राष्ट्रपति निर्वाचनलगायत विषयमा उनीहरूबीच कुराकानी भएको बताइएको छ। राष्ट्रपति निर्वाचन मिति निर्वाचन आयोगले तोकिसकेको छैन। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले फागुन २९ भित्रै राष्ट्रपति […]

बैंक मर्जरले सेवाग्राहीमा अनावश्यक सास्ती, बैंक धाउँदैमा हैरान

अर्थ राजनीति  ~  पछिल्लो समय बैंकहरु धमाधम मर्जरमा जाँदा वाणिज्य बैंकको संख्या घट्न पुगेको छ । केही समयअघिसम्म ३२ वटा रहेको वाणिज्य बैंकहरुको संख्या मर्जरसँगै घटेर अहिले २२ मा झरिसकेको छ । गत पुसमा मात्र ८ वटा वाणिज्य बैंकहरु एकआपसमा मर्जर भएर ४ वटा बनेका छन् । कुमारी बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी), […]

एमालेलाई पाखा लगाएर राष्ट्रपति पद हत्याउने प्रयासमा कांग्रेस

अर्थ राजनीति  ~  राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा सो पदमा दलहरुबीच तानातानको अवस्था देखिएको छ । सत्ता साझेदार दलबीच एमालेले सो पद पाउने मोटामोटी सहमति भएको बताइपनि स्पष्ट चित्र नआउँदा अन्योलता कायम भएको हो ।  वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आउँदो फागुन २९ गते सकिँदैछ । संवैधानिक राष्ट्रपति भएपनि विभिन्न राजनीतिक परिघटनामा भूमिका निर्णायक हुने […]

काठमाडौं महानगरपालिकाले मापदण्डविपरीतका ९ हजार बोर्ड हटायो

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाले ९ हजार अनधिकृत परिचय पाटी (बोर्ड) हटाएको छ। महानगरपालिकाले शुल्क नबुझाएका र तोकिएको आकारभन्दा ठूलो साइजका परिचय पाटी हटाएको हो। महानगरले असोज ७ गते मापदण्ड बमोजिम राख्न सकिने पाटीको आकार र त्यसमा लाग्ने वार्षिक शुल्कसमेत उल्लेख गर्दै ३० दिने सार्वजनिक सूचना जारी भएको थियो। महानगरले सूचनामा मापदण्डमा आउन सक्ने बोर्डलाई […]

” सरकार ढाल्ने प्रयास भइरहेको छ ” : अध्यक्ष ओली

अर्थ राजनीति  ~  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्ने प्रयास भइरहेको बताएका छन् ।आज ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाँचौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले कांग्रेसप्रति संकेत गर्दै सरकारमा नहुनेको ध्यान सरकार ढाल्नेतर्फ गइरहेको बताएका हुन् ।अध्यक्ष ओलीले मुलुकको राजनीतिलाई ठिक बाटोमा अघि बढाउन आफूहरुले कोसिस गरिरहेको […]

बोतल र जर्किनमा पेट्रोल बेचे कारबाही गर्ने प्रहरीको चेतावनी

अर्थ राजनीति ~   प्रहरीले बोतल र जर्किनमा पेट्रोल बेच्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एक सूचना जारी गरेर काठमाडौँमा सञ्चालित पेट्रोल पम्पहरूलाई त्यस्तो चेतावनी दिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँले जारी गरेको सूचनामा भनिएको छ–‘पेट्रोल पम्पबाट सवारी साधनमा सिधै भर्ने बाहेक खुल्ला रुपामा बिक्री वितरण गरेको पाइए प्रचलित कानुन […]

बैंकहरुले कमिसनबाट कमाए १३ अर्ब, सर्वाधिक नबिलको

अर्थ राजनीति  ~  हालसम्म २१ वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरुमध्ये १५ वटा बैंकहरुको नाफा बढेको छ भने ५ वटा बैंकहरुको नाफा घटेको छ । शायद पहिलो पटक नै हुनुपर्छ एउटा बैंकले भने नोक्सानी नै व्यहोरेको देखिएको छ। वित्तीय विवरण सार्वजनिक […]

” कर्जाको सही सदुपयोग नभएको विषयमा अध्ययन भइरहेको छ ” : गभर्नर अधिकारी

अर्थ राजनीति ~  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जाको सही सदुपयोग नभएको विषयहरूमा अध्ययन भइरहेको बताएका छन् । हिजो राष्ट्रिय वाणिज्य बैंकको ५८ औँ वार्षिकोत्सव समारोहमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।  नेपाल राष्ट्र बैंकले ल्याएको नीतिहरूको पालना तथा कार्यान्वयन गर्नका लागि राष्ट्रिय वाणिज्य बैंक अग्र स्थानमा रहेकोमा उनले प्रशंसा समेत गरे । […]

उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादमा आज सुनुवाइ हुँदै

अर्थ राजनीति  ~  सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ गर्ने भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउतका इजलासमा सुनुवाइ हुने भएको हो । यसअघि गत पुस २२ गते अदालतले आजका लागि पेसी नगर्ने मुद्दाका रुपमा राख्न […]