परराष्ट्रमन्त्रीको श्रीलंका भ्रमण मन्त्रिपरिषद‍्बाट स्वीकृत

अर्थ राजनीति  ~  परराष्ट्रमन्त्री विमला राई पौडेल श्रीलंका भ्रमणमा जाने तय भएको छ । श्रीलङ्काको स्वतन्त्रताको ७५औँ वार्षिकोत्सवमा सहभागी हुन परराष्ट्रमन्त्री त्यसतर्फ जाने तय भएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । त्यसका लागि मन्त्रिपरिषद्को सोमबारको बैठकले स्वीकृति प्रदान गरेको उनको भनाइ छ।

राष्ट्रपति र गृहमन्त्रीको विवादले सत्ता गठबन्धनमा हलचल

अर्थ राजनीति  ~  राष्ट्रपति र गृहमन्त्री पद वितरणको विषयलाई लिएर सत्ता साझेदार दलहरूबीच हलचल उत्पन्न भएको छ । गत पुस १० को सहमतिअनुसार राष्ट्रपति पाउनुपर्ने नेपाल कम्युनिस्ट पार्टी (एमाले)को अडान र सर्वस्वीकार्य व्यक्ति राष्ट्रपति बनाउने नेकपा (माओवादी केन्द्र) को निर्णयका कारण गठबन्धनभित्र विवाद उत्पन्न भएको हो । त्यस्तै, नागरिकता विवादका कारण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति […]

मेयर बालेनको पद धरापमा पर्दै

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर)बालेन्द्र शाह ‘बालेन’ को पद धरापमा परेको छ । निर्वाचन आयोगलाई साढे ७ लाख जरिवाना नतिर्दा मेयर बालेनको पद धरापमा परेको हो । स्थानीय तह निर्वाचनमा मेयरमा निर्वाचित भएका बालेनले आयोगलाई तोकेको समयमा निर्वाचन खर्च विवरण नबुझाएपछि फागुन मसान्तभित्र जरिवाना तिर्नका लागि समय दिइएको छ । यदि उक्त समयभित्र […]

कृषि विकास बैंकको सीईओका लागि २२ जनाको आवेदन

अर्थ राजनीति  ~  कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आइतबार साँझसम्म २२ जनाको आवेदन परेको छ ।  बैंकले गत पुस २५ मा विज्ञापन प्रकाशित गरी माघ १५ गतेसम्म सीईओका लागि आवेदन दिन सकिने जनाएको थियो । आवेदन दिने अन्तिम दिनसम्म बैंकमा कार्यरत कर्मचारीसहित २२ जनाको आवेदन परेको बैंकका कम्पनी सचिव हिमलाल पौड्यालले […]

गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने रास्वपाको निर्णय

अर्थ राजनीति  ~  राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले आफूले पुनः गृह मन्त्रालय पाउनुपर्ने अडान लिने भएको छ । आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले पुन: आफूले नै गृह मन्त्रालय पाउनुपर्ने रणनीति अवलम्बन गर्ने निर्णय गरेको हो । रवि लामिछानेलाई फेरि गृह मन्त्रीकै रूपमा पठाउने तयारी पार्टीको रहेको एक नेताले बताए । गृह मन्त्रालय नपाए […]

बैंकहरुको मनोमानी विरुद्ध आन्दोलन घोषणा

अर्थ राजनीति   ~  नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकहरुको मनोमानी विरुद्ध आन्दोलन घोषणा गरेको छ । शुक्रबार बसेको व्यवसायी महासंघको बैठकले वर्तमान मुलुकको चुनौतीपूर्ण अर्थतन्त्र तथा बैंकहरुले उद्योगी व्यवसायीहरुलाई गर्दै आएको अपमान प्रति आपत्ति जनाउँदै बैंक विरुद्ध आन्दोलन घोषणा गरेको हो । महासंघले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा उभिएका उद्योगी व्यवसायीमाथि राज्यले संधै अपहेलना गरेको आरोप लगाएको […]

राष्ट्रपतिको निर्वाचन २५ फागुनमा गर्ने निर्वाचन आयोगको निर्णय

अर्थ राजनीति  ~  राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने भएको छ । निर्वाचन आयोगले सोमबार निर्वाचनको मिति तय गरेको हो ।राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्ष कार्यकाल २९ फागुन २०७९ मा सकिने छ । त्यसको चार दिनअघि निर्वाचन हुन लागेको हो ।उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ गतेलाई तय भएको छ । उपराष्ट्रपति नन्दकिशोर पुन ४ चैत […]

माघ १९ गतेदेखि गौतम बुद्ध विमानस्थलबाट पुनः उडान हुने

अर्थराजनीति   ~  डेढ महिनादेखि बन्द रहेको भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यहि माघ १९ गतेदेखि पुनःउडान सुचारु गर्ने तयारी भएको छ । आइएलएस प्रविधि सञ्चालन नहुँदा ठप्प भएको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आउने तयारी भएको हो । मौसमी प्रतिकूलताका कारण कम भिजिबिलिटी जहाज अवतरण गर्न नसकेपछि बन्द गरिएको अन्तर्राष्ट्रिय उडान मौसममा सुधार भएमा माघ १९ […]

बैंकिङ कसुरमा प्रहरीले खोजेपछि कामना सेवा विकास बैंकले सीइओ बस्नेतलाई हटायो

अर्थ राजनीति  ~  बैंकिङ कसुर अभियोगमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि कामना सेवा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतलाई हटाएको छ। बैंकले उनको ठाउँमा कामु प्रमुख कार्यकारीको जिम्मेवारी विनय दाहाललाई दिएको छ। झापामा नक्कली ऋणी तयार पारेर ऋण दिएको भेटिएपछि राष्ट्र बैंकको सिफारिसमा प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ। यही क्रममा प्रहरीले बस्नेत […]

आजबाट काठमाडौंका वडाबाटै राष्ट्रिय परिचयपत्रको विवरण संकलन

अर्थ राजनीति   ~ काठमाडौं महानगरपालिकाले आइतबारबाट वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र विवरण संकलन सुरू गर्ने भएको छ । पहिलो चरणमा ९ वटा वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्ने तयारी महानगरले गरेको छ । वडा नम्बर २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ नम्बर वडा कार्यालयबाट विवरण संकलन सुरू गर्ने महानगरपालिकाले जनाएको […]