माओवादी केन्द्रको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित

अर्थ राजनीति  ~ नेकपा (माओवादी केन्द्र)ले आज बोलाएको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित गरेको छ। बैठक भोलि बस्ने गरी सरेको महासचिव देव गुरुङले  जानकारी दिए। आवश्यक तयारी नपुगेको र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताको कारण बैठक स्थगित गरिएको माओवादीले जनाएको छ। माओवादी केन्द्रले पार्टीका नेताको कार्यविभाजन, जिम्मेवारी हेरफेर, सरकारमा पार्टीको भूमिका […]

प्रेम प्रसाद आचार्य आत्मदाह प्रकरण

अर्थ राजनीति  ~  इलामका प्रेम प्रसाद आचार्यले आत्मदाह गर्नुअघि दिएको वक्तव्यमा उल्लेख गरेका व्यक्तिहरुसँग प्रहरीले अनुसन्धान थालेको छ । भाटभटेनी सुपर मार्केटसहित विभिन्न १२ वटा पक्ष वा व्यक्तिहरूमाथि अनुसन्धान गर्नुपर्ने प्रहरीको निष्कर्ष छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार अनुसन्धान पुरा भएपछि सरकारी वकिल कार्यालयसँग राय लिएर मुद्दा अघि बढाइने छ । […]

रबि लामिछानेको नयाँ नागरिकता पनि ‘विवादमा’

अर्थ राजनीति  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पुनः कायम नेपाली नागरिकता प्रमाणपत्र पनि विवादमा परेको छ । राज्यशक्तिको दुरूपयोग गर्दै प्रक्रिया विपरीत नागरिकता प्रमाणपत्र पुनः प्राप्ति गरेको आरोप लामिछाने माथि छ । लामिछानेविरुद्धको नागरिकता मुद्दामा सर्वोच्च अदालतले यही माघ १२ गते विदेशी नागरिकता त्यागे पनि नेपाली नागरिकता नलिएको फैसला सुनाएपछि उनको […]

प्रधानमन्त्री : “प्रवासी नेपालको समस्या समाधान गर्न शक्तिशाली आयोग बनाउने “

अर्थ राजनीति  ~  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासी नेपालीहरूको समस्या समाधान गर्न छुट्टै शक्तिशाली आयोग बनाउन सकारात्मक रहेको बताएका छन् । माओवादी केन्द्रको प्रवास समन्वय समितिले बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउने क्रममा उनले आयोग बनाउने विषयमा सकारात्मक जवाफ दिएका हुन् ।विदेशमा बस्ने नेपालीले धेरै प्रकारका […]

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

अर्थ राजनीति  ~  सत्ता गठबन्धनमा खटपट परिरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको बताइएको छ । गृह मन्त्रालय पुनः राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने कि नदिने भन्ने विषयलाई लिएर सत्ता साझेदार दलहरुबीच विवाद बढेको छ […]

घट्यो अन्तर बैंक एटीएम शुल्क

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले अन्तरबैंक एटीएम शुल्क घटाएको छ । एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गरी पैसा झिक्दा लाग्ने शुल्क घटेको हो ।राष्ट्र बैंकले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’ जारी गर्दै बैंक तथा वित्तीय संस्थाले जारी गरेका भुक्तानी कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा प्रतिकारोबार बढीमा […]

राहदानी सेवा सहज बनाउन अग्रिम अनलाइन आवेदन खुला

अर्थ राजनीति  ~  राहदानी विभागले आफ्ना सेवा सहज बनाउने उद्देश्यले एक महिनाको अग्रिम अनलाइन आवेदन अर्थात् प्रि-इनरोलमेन्टको व्यवस्था गरेको छ । विभागले एक सूचना प्रकाशित गरी आजदेखि दैनिक एक हजार पाँच सयका दरले एक महिनाको प्रि-इनरोलमेन्ट हुने जनाएको छ । हाल दुईदेखि तीन दिनको मात्रै प्रि-इनरोलमेन्टको व्यवस्था रहेकामा अब एक महिनाको गर्न लागिएको विभागका निर्देशक तथा प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिए । उनका […]

सुनको मूल्य प्रतितोला ५ सयले घट्दा चाँदीको मूल्य स्थिर

अर्थ राजनीति  ~  नेपाल सनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनचाँदीको दरभाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५ हजार ८ सय रुपैयाँ र तेजावी सुनको […]

प्रचण्डले सकारात्मक जवाफ नदिएपछि रास्वपाले थाल्यो आन्तरिक छलफल

अर्थ राजनीति  ~  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउनुपर्ने माग सो पार्टीले राखेपनि प्रधानमन्त्री प्रचण्ड सकारात्मक देखिएका छैनन् । प्रचण्डले मंगलबार बालुवाटारमा भएको भेटवार्तामा रविलाई सकारात्मक जवाफ नदिएपछि रास्वपा चिढिन पुगेको छ । आफूलाई प्रचण्डले सकारात्मक जवाफ नदिएपछि अब कसरी अघि बढ्ने भन्नेबारे रविले पार्टीमा छलफल थालेका छन् । सभापतिले अब कसरी […]

अनलाइन बैंकिङले सहज बन्दै दैनिकी

अर्थ राजनीति  ~  आजको युग भनेको २१ औं शताब्दीको युग हो, जहाँ हरेक व्यावसायिक क्षेत्रमा हरेक दिनजसोे विभिन्न कम्पनीले धेरै परिवर्तन गरिरहेका देखिन्छन् भने बैंक तथा वित्तीय संस्थाहरूमा पनि उत्तिकै मात्रामा वित्तीय प्रणालीमा सुधार आइरहेको छ । मुलुकमा दिनहुँ बैंक–वित्तीय कारोबारको सहज माध्यमबाट त्यत्तिकै छलाङ मारिरहेकै अवस्था पनि छ । यसले मानिसहरूको दैनिकी पनि त्यत्तिकै […]