अनलाइन बैंकिङले सहज बन्दै दैनिकी

Machchapuchchre

अर्थ राजनीति  ~  आजको युग भनेको २१ औं शताब्दीको युग हो, जहाँ हरेक व्यावसायिक क्षेत्रमा हरेक दिनजसोे विभिन्न कम्पनीले धेरै परिवर्तन गरिरहेका देखिन्छन् भने बैंक तथा वित्तीय संस्थाहरूमा पनि उत्तिकै मात्रामा वित्तीय प्रणालीमा सुधार आइरहेको छ । मुलुकमा दिनहुँ बैंक–वित्तीय कारोबारको सहज माध्यमबाट त्यत्तिकै छलाङ मारिरहेकै अवस्था पनि छ । यसले मानिसहरूको दैनिकी पनि त्यत्तिकै सहज बनिरहेकै छ । विगत केही समयदेखि छोटो समयमा नै मुलुकमा तीव्र रूपमा विकासको प्रविधिमा छलाङ मार्ने साधनमध्ये सञ्चार प्रविधिलाई उच्च स्थानमा राख्न सकिन्छ । हाम्रो मुलुकमा मात्र होइन, विश्वमा नै सञ्चारको प्रविधिले छिटो–छिटो गतिमा दिनहुँ फड्को मारिरहेको अवस्था छ भने यसले मानिसहरूको दैनिकीलाई समेत अत्यन्तै सरल बनाइरहेको छ । हिजोको ढुङ्गे युग पार गर्दै आज मुलुकमा सञ्चारका साधनहरूको विकासले मुलुकलाई नै परिवर्तन गरेको छ । यसले बैंक–वित्तीय संस्थाहरूप्रति मात्र नभएर समग्र मुलुकको आर्थिक सूचकमा नै परिवर्तन ल्याएको छ । योसँगै आजको समयमा बैंक–वित्तीय संस्थानहरूले पनि विभिन्न प्रविधिको प्रयोग गरी मानिसहरूको दैनिक कारोबारलाई सहज तुल्याउँदै आएको छ । सञ्चारको प्रविधिमा आएको विकाससँगै आज मानव जगत्मा पनि उत्तिकै परिवर्तनहरू भएका छन् । यसले सामाजिक परिवर्तन ल्याएको छ, विकासको परिवर्तन ल्याएको छ, समग्र मुलुकको आर्थिक अवस्थामा परिवर्तन ल्याएको छ ।

आज मानिसहरूको दैनिकीलाई अझै सरल रूपमा परिवर्तन गर्ने माध्यममध्ये पर्छ वित्तीय क्षेत्र । हिजोको समय तथा मागलाई परिवर्तन गर्दै आज मुलुकमा वित्तीय क्षेत्रले पनि अत्यधिक रूपमा विकासको गतिलाई अगाडि बढाइरहेको अवस्था छ । मुलुकको हरेक ठाउँमा आज बैंक–वित्तीय संस्था पुगेको छ । सहकारी पुगेको छ, लघुवित्तहरू सञ्चालित छन् । हुन त विगतमा पनि थियो तर यतिको मात्रामा भने अवश्य फस्टाएको थिएन । पहिले–पहिले ग्रामीण भेगहरूमा बैंक–वित्तीय संस्था अत्यन्तै कम रहेको बेलामा मानिसहरू आफ्नो रकम जम्मा गर्न वा निकाल्न सदरमुकाम धाउनुपर्थ्यो । मानिसहरू लामो पैदल यात्रापछि मात्र सदरमुकाम आएर बैंक–वित्तीय संस्थासम्बन्धी कामकाज गर्थे । तर, त्यो आज आएर सबै सहज बन्दै गएको अवस्था छ । आज हरेक ग्रामीण भेगमा सहकारी तथा लघुवित्तले आ–आफ्नो कार्य सम्पादन गरी जनतालाई सहजीकरणतर्फ अगाडि बढाइरहेको अवस्था छ भने सहरको त कुरै नगरौं । मुलुकमा रहेको क, ख, ग, घ सबै वर्गका बैंकहरू सहरी क्षेत्रमा सहज रूपमा पुगिसकेका छन् भने बैंक, सहकारी, वित्तीय संस्था पनि उत्तिकै मात्रामा रहेका छन् । अहिल त झन् मानिसहरूलाई बढी सेवा–सुविधा दिन विभिन्न सहकारी तथा बैंकहरूले आ–आफ्नो ब्याजदर सहुलियता तथा विभिन्न बिमा पोलिसीलाई समेत समेटेर अगाडि बढिरहेको अवस्था छ । अहिले बैंक–वित्तीय क्षेत्रमा पनि लाइन बस्ने झन्झट धेरै कम भएको छ । सबै ठाउँमा टोकनको व्यवस्था कायम गरिएको छ । अझ अहिले धेरै बिमा कम्पनीहरूले आर्थिक रूपमा पनि मानिसहरूको जीवनस्तर सुधार गर्दै बजारमा पोलिसीहरू बिक्री गरिरहेका छन् । यसले गर्दा मानिसहरूले गरेको बिमाले भविष्यमा जीवन निर्वाह गर्नका लागि ठूलो सहयोग गरेको छ । बिमकहरूले निश्चित समय समाप्त भएपछि आफ्नो बिमा रकमको दोब्बर रकमसमेत भुक्तानी पाउने गरेका छन् भने परिवारलाई समेत बिमाले सुनिश्चित भविष्यका लागि आर्थिक रूपमा सहजीकरण गर्दै लगेको छ । त्यसैले अहिले मुलुकमा छोटो समयमा नै विभिन्न बैंक–वित्तीय संस्था, सहकारी तथा बिमा कम्पनीहरूले आममानिसको दैनिकीलाई सहज रूपमा अगाडि बढाउँदै लगिरहेको अवस्था छ । यसका साथै अनलाइन व्यापार–व्यवसायले पनि दिनानुदिन मानिसको दैनिकीलाई सहज बनाउँदै लगिरहेको अवस्था छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्