चौबिस घण्टामा ७० जना नयाँ सङ्क्रमित थपिए, कुल १६ हजार ७१९

अर्थ राजनीति ~  नेपालमा कोरोना भाइरसका ७० जना नयाँ सङ्क्रमित थपिएका छन् । नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड–१९ बिरामीको संख्या १६ हजार ७१९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलन कोभिड–१९ बिरामीको संख्या १६ हजार ७१९ पुगेको जनाएको छ । पछिल्लो चौबिस घण्टामा तीन हजार ६४८ जनामा कोभिड–१९ को परीक्षण गरिएको […]

सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिए पनि, तत्काल सञ्‍चालन नगर्ने यातायात व्यवसायीको अठोट

अर्थ राजनीति : सार्वजनिक यातायात तत्काल सञ्चालन नहुने भएको छ। सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिए पनि गाडी गुड्ने अवस्थामा नरहेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले जानकारी दिएको छ। चार महिनादेखि थन्किएका गाडीमा प्राविधिक समस्या देखिनुका साथै कर्मचारीको पनि अभाव रहेको महासंघका उपमहासचिव बसन्त भण्डारीले बताए। ‘गाडीको टायर मक्किएको छ। मोबिल फेर्नुपर्नेछ। ब्याट्री डाउन […]

देशभर बाढीपहिरोको वितण्डा : करिब ४ दर्जनको मृत्यु, कयौँ घाइते कयौँ बेपत्ता

अर्थ राजनीति ~  मनसुन सुरु भएयता जेठ ३१ गते यता पहिरोबाट बढी क्षति भएको गृह मन्त्रालयले जनाएको छ । जस अनुसार मानिसको ज्यान जाने गरी विभिन्न १२ जिल्लामा बाढी र पहिरोजन्य ठूला विपद्का घटका भएका छन् । पहिरोका कारण हालसम्म ४६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार सङ्घीय सरकार, स्थानीय तह र जिल्ला प्रशासन […]

कोरोना भाइरसले अमेरिकामा रेकर्ड तोड्यो, पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै ७१ हजार ३५५ जना संक्रमित

अर्थ राजनिति~  कोरोना महामारी सुरु भए यता सबै भन्दा  बढी फैलिएको कोरोना भाइरसले अमेरिकामा नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा हालसम्मकै सर्वाधिक  ७१ हजार ३५५ जना संक्रमित भएका छन् । योसँगै अमेरिकामा संक्रमण हुनेको संख्या ३२ लाख ९१ हजार ३५४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८२७ जनाको मृत्यु भएपछि […]

जीन्यूजले नेपालीसँग माफी माग्यो

अर्थ राजनीति ~    नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबारे बनाएको आपत्तिजनक रिपोर्टलाई लिएर भारतीय टेलिभिजन च्यानल जी न्यूजले क्षमायाचना गरेको छ । नेपालमा भारतीय न्यूज च्यानलहरु बन्द गरिएलगत्तै जीन्यूजको क्षमायाचना आएको हो । जीन्यूज झारखण्डले भनेको छ, ‘एउटा जिम्मेवार च्यानल भएको नाताले हामी आफ्नो सामग्रीलाई लिएर सदैव सजग रहन्छौं । तर भुलवस केही सामग्रीले कसैको […]

पेट्रोलियम पदार्थको १० दिन भित्रमा दुइ पटक मूल्य वृद्धि

अर्थ राजनीति ~  नेपाल आयल निगमले १० दिन भित्रमा दोस्रो पटक पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको छ । शुक्रबार पुन पेट्रोल,डिजल र मट्टितेलको मूल्य एकरएक रुपैयाँ बढाएको छ। शुक्रबार राती १२ बजेदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ। सरकारले असार १६ गते मात्रै पेट्रोलमा लिटरमै पाँच रुपैयाँ र डिजल […]

बाढीपहिरोले देशभर वितण्डा, दुई दिनमा २६ जनाले ज्यान गुमाए, देशभर ६० जना बेपत्ता

अर्थ राजनीति ~ बाढीपहिरोले देशभर वितण्डा मच्चाएको छ । दुई दिनमा २६ जनाले ज्यान गुमाएका छन् । देशभर ६० जना बेपत्ता छन् । ७१ परिवार विस्थापित भएका छन् भने २६ जना घाइते भएका छन् । जाजरकोट र कास्कीमा सात–सात, लमजुङ, म्याग्दी र सिन्धुपाल्चोकमा तीन–तीन, रुकुम पश्चिममा दुई र गुल्मीमा एकजनाको मृत्यु भएको छ । म्याग्दीमा ३१ र जाजरकोटमा आठजना […]

पार्टी विवादमा अल्झने होइन, जनताको जीवन रक्षामा जुटौंः प्रधानमन्त्री ओली

अर्थ राजनीति ~  प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट कसैले विमुख बन्न पनि नमिल्ने बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो, प्राकृतिक विपद् र कोरोना नियन्त्रण सम्बन्धमा बिहीबार गर्नुभएको सम्बोधनमा यस्ताे उल्लेख गुर्नभएको हो । प्रधानमन्त्रीले सम्बोधनमा भन्नुभएको छ, “अहिले कतिपय राजनीतिक विषय र सन्दर्भहरूप्रति जनताको […]

नेकपा स्थायी कमिटी बैठक साउन २ गतेसम्म स्थगित

अर्थ राजनीति ~  नेकपा स्थायी कमिटी बैठक साउन २ गतेसम्मका लागि स्थगित गरिएको छ । पछिल्लो समय नेकपामा आन्तरिक विवाद सतहमा आए पछि यस अघि पनि बैठक स्थगित हुँदै आएको थियो । आजका लागि भनिएको बैठक पनि अब नबस्ने भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

नेपालमा दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकिने

विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । वितरकहरुले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए । भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक […]