कोरोना भाइरसले अमेरिकामा रेकर्ड तोड्यो, पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै ७१ हजार ३५५ जना संक्रमित

Machchapuchchre

अर्थ राजनिति~  कोरोना महामारी सुरु भए यता सबै भन्दा  बढी फैलिएको कोरोना भाइरसले अमेरिकामा नयाँ रेकर्ड कायम गरेको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा हालसम्मकै सर्वाधिक  ७१ हजार ३५५ जना संक्रमित भएका छन् । योसँगै अमेरिकामा संक्रमण हुनेको संख्या ३२ लाख ९१ हजार ३५४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८२७ जनाको मृत्यु भएपछि कोरोना संक्रमणकै कारण अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ३६ हजार ६४९ जनाको मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये १४ लाख ५४ हजार २८५ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका १७ लाख ७५९ जनामध्ये १५ हजार ६९९ जनाको अवस्था गम्भीर रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्