मन्त्रिपरिषदको निर्णयः सचिव र एआइजीमा बढुवा देखि राखेप र रेडियो नेपालमा नियुक्ति सम्म

अर्थ राजनीति ~   मन्त्रिपरिषदको आजको बैठकले मधुकुमार मरासिनीलाई सचिवमा बढुवा गरेको छ । रिक्त एक सचिव पदमा मरासिनीलाई नियुक्त गरेको हो । सरकारका एक मन्त्रीका अनुसार डिआइजीद्वय निरजबहादुर शाही र प्रद्युम्न कार्कीलाई एआइजीमा बढुवा गरिएको छ । दुवैजनालाई बढुवाका लागि सिफारिश गरिएको थियो । यसैगरी राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिवमा रमेश सिलवाल नियुक्त गर्ने निर्णय भएको […]

प्रहरीका उच्च पदस्थ कर्मचारीमा पनि कोरोना संक्रमण

अर्थ राजनीति  ~   स्याङ्जामा प्रहरी प्रमुखसहित १८ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ । थप कोरोना भेटिएसँगै जिल्ला प्रहरी कार्यालयमा मात्र २१ जना सुरक्षाकर्मी सङ्क्रमित भएका छन् । साउन ६ गते लेखा र प्रबन्ध शाखामा कार्यरत दुई हवल्दार र एक जवान गरी तीन जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय, ट्राफिक, कारागार, सञ्चारमा कार्यरत […]

कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ४८ पुग्यो

अर्थ राजनीति ~  कोरोना भाइरस (कोभिड–१९) बाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । बाराको फेटा गाउँपालिका ३ का ६० वर्षीय पुरुषको सोमबार त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा मृत्यु भएको हो । उनी निमोनिया, मिर्गौला र मस्‍तिष्कघातसम्बन्धी रोगका विरामी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ […]

थप १३९ जनामा कोरोना संक्रमण, ६२६ जना डिस्चार्ज

अर्थ राजनीति ~ सोमबार नेपालमा १ १सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १८ हजार ७५२ पुगेको छ । सोमबार कोरोना संक्रमण निको भएर ६२६ जना डिस्चार्ज भएका छन् । हालसम्म १३ हजार ७५४ जना डिस्चार्ज भएका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा बताए ।

सरिता गिरीको ठाउँमा लिला सिटौला बनिन् सांसद

अर्थ राजनति ~ निर्वाचन आयोगले समाजवादी पार्टीका तर्फबाट सरिता गिरीको स्थानमा रिक्त रहेको प्रतिनिधिसभाको सांसद पदमा लीलादेवी सिटौला निर्वाचित भएको घोषणा गरेको छ । सो पर्टीले समानुपातिक पद्धतिअन्तर्गत खस आर्य समूहको रिक्त महिला सदस्यमा उहाँको नामा सिफारिस गरेकाले निर्वाचन आयोगले उहाँलाई निर्वाचित गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो । नेपालको नयाँ नक्सालाई संविधानको अनुसूचीमा राख्न […]

आज भारी वर्षाको सम्भावना, उच्चा सतर्कता अपनाउन आबस्यक

अर्थ राजनीति ~ आजबाट मौसम सक्रिय हुने भएकाले धेरै ठाउँमा वर्षाको सम्भावना रहेको छ । सोमबार रातिबाट मनसुन न्युनचापीय रेखा नेपालको तराई भूभागनजिक रहने भएकाले फेरि मनसुन सक्रिय हुने मौसमविदले जानकारी दिएका छन् । अरब सगरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा नेपाल भित्रिने देखिएकाले पुनः वर्षाको सम्भावना रहेको मौसमविदको भनाइ छ । प्रदेश १, प्रदेश २ […]

अध्यक्षद्वयबीच तिक्तता अझ बढेको अनुमान, वार्ता अन्यौलमा

अर्थ राजनीति ~ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचको आन्तरिक विवाद चुलिएपछि वार्ता र संवाद पनि ओझेलमा परेको छ । पछिल्लो पटक साउन ६ गते बैठक बसेर १३ गतेका लागि सारिएको स्थायी कमिटी बैठकअघि दुई अध्यक्षले वार्ता र संवाद गरी सहमतिको प्रयास गर्ने भनिएको थियो । सात दिनका लागि सारिएको स्थायी कमिटी बैठकमा अहिलेसम्म […]

भदौ १५ देखि नियमित पठनपाठनको तयारी

अर्थ राजनीति ~ आउँदो भदौ १५ गतेदेखि विद्यालय तहमा पठनपाठन नियमित हुने सम्भावना देखिएको छ । सरकारले जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खोलेकाले अब भदौ १५ गतेदेखि विद्यालयमा नियमित पठनपाठन हुने सम्भावना बढेको हो । सामान्यतया सरकारले १५ दिन विद्यार्थी भर्नाका लागि समय दिने र त्यसपछि नियमित पठनपाठन […]

अघिल्लाे आदेश नजीर प्रतिकुल देखियो: पूर्ण इजलास

अर्थ राजनीति  ~  सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जनप्रसाद कोइरालालाई जन्मकैदको सजाय घटाउने फैसलालाई पुनरावलोकन अनुमति दिएको छ । सरकारका तर्फबाट पेस भएको निवेदनमा न्यायाधीशहरु बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको पूर्ण इजलासले पुनरावलोकन अनुमति दिएको हो । पूर्ण इजलासले यसअघि प्रधानन्यायाधीश समेको संयुक्त इजलासको आदेश प्रतिपादित नजीर प्रतिकूल भएको पनि आदेशमा भनेको […]

कोरोनाभाइरसका १३० नयाँ सङ्क्रमित पुष्टि, कुल १८ हजार ६१३

अर्थ राजनीति ~    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । आइतबारको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले १३० संक्रमित थपिएको जानकारी दिएका हुन् । देशभरी १८ हजार ६१३ जना कोरोना संक्रमित पुगेका छन् । उनका अनुसार २४ घन्टामा ७५ जना संक्रमित निको […]