मकवानपुरमा देउसी खेलिरहेको समूहलाई बसले ठक्क दिँदा दुई जनाको मृत्यु

अर्थ राजनीति  ~ मकवानपुरमा बसले देउसीभैलो समूहलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। शनिबार राति हेटौंडाबाट भरतपुर जाँदै गरेको बागमती प्रदेश ०३, ००१ ख ०९३६ नम्बरको बसले नेवारपानीमा देउसीभैलो खेलिरहेकालाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बसको ठक्करबाट हेटौंडा उपमहानगरपालिका १५ का सुजन विष्ट र चितवनका प्रेम सिंहको […]

राष्ट्रपति भण्डारीले भाइ डेकेन्द्रसँग लगाइ भाइटिका

अर्थ राजनीति  ~ राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो भाइ डेगेन्द्र पाण्डेलाई भाइ टिका लगाइ दिनु भएको छ । भण्डारीले शितल निवासमा बिहान ११ बजेर ०२ मिनेटको शुभसाइतमा भाइ पाण्डेलाई भाइटीका लगाइदिनु भएको हो । बहिनी सु्शिला पाण्डे पनि उपस्थित हुनुहुन्थ्यो ।

हार्दिक बधाई तथा शुभकामना

अर्थ राजनीति  ~  भक्तपुर क्षेत्र नम्बर १ प्रदेश सभा ‘क’ बाट निर्वाचित नेपाली कांग्रेसका नेता कृष्णलाल भंडेल, बागमती प्रदेशको सत्ता समिकरणपछि भौतिक पूर्वाधार निर्माण मन्त्री नियुक्त हुनु भएको छ । उहाँ बागमती प्रदेशको कांग्रेस संसदीय दलका उपनेता समेत हुनुहुन्छ । भंडेलकै नेतृत्वमा बागमती प्रदेशमा कांग्रेस सरकारमा गएको हो । लामो समय देखि नेपाली काँग्रेस सँग […]

माधव नेपाल र भीम रावललाई निलम्बन, भुसाल र पाण्डेलाई स्पष्टीकरण सोद्ने ओलीको निर्णय

अर्थ राजनीति  ~ बरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिना निलम्बन गरेका उनले भुसाल र पाण्डेलाई स्पष्टीकरण पठाउन निर्देशन दिएका हुन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई २४ घण्टाभित्र स्पष्टिकरण दिन पत्र पठाएका छन् । ७ चैतमा ओली पक्षीय नेताहरु मात्र सहभागी […]

प्रचण्ड र नेपालबीच भेटवार्ता

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार भेटवार्ता भएको छ । माओवादी केन्द्र नेकपाको एकता खारेज गर्ने सर्वोच्च अदालतको २३ फागुनको फैसला पुनरावलोकनका लागि निवेदन दिने तयारीमा छ । त्यसअघि दुई नेताबीच कोटेश्वरस्थित एक निजी घरमा भेट भएको स्रोतले जानकारी दिएको छ । भेटमा […]

नेपाल र भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले गरेको निर्णय झिकाउने सर्वोच्चको आदेश

अर्थ राजनीति  ~  सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदको निर्णय झिकाउने आदेश दिएको छ ।  न्यायाधीश अनिलकमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलासले मन्त्रिपरिषदको निर्णयको सक्कल झिकाउने आदेश दिएको हो ।

मंगलबारदेखि ४ दिन सबै शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय

अर्थ राजनीति  ~  शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । जल तथा मौसमविद्‍का अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको छ र, हावाले पानी पार्ने बादलको साटो धुलो […]

उपत्यकामा एक्कासी लागेको बाक्लो तुवाँलो अझै केही दिन रहने

अर्थ राजनीति  ~ काठमाडौं उपत्यकामा शुक्रबारदेखि एक्कासी लागेको बाक्लो तुवाँलोले अझै केही दिन वायुमण्डलको प्रदुषण कायमै रहने विज्ञहरूले बताएका छन् । हाल देशका केही जिल्लामा डढेलो लागेको र सोबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई पारदर्शिता घटेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शुक्रबार बिहान पनि एयर […]

आजदेखि मेलम्चीको पानीको वितरण थालिँदै

अर्थ राजनीति  ~ सुन्दरीजल आइपुगेको मेलम्चीको पानी आजदेखि विधिवत रूपमा राजधानीका घर घरका धारामा पठाउने भएको  छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड ( केयुकेएल) को पुरानै सिस्टमबाट पानी वितरण गर्न लागिएको हो। मेलम्चीको पानी वितरणका लागि नयाँ पाइपलाइन बिछ्याइएको भए पनि परीक्षण नभइसकेका कारण पुरानै प्रणालीबाट परीक्षण वितरण गर्न लागिएको हो। पर्याप्त पानी नहुँदा नयाँ पाइपलाइन […]

अर्थ राजनीति  ~ नेपाली काँग्रेसले दिवंगत नेता नवीन्द्रराज जोशीको सम्मानमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ। सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा शनिबार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले  जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै चैत १५, १६ र १७ गते देशभरका पार्टी कार्यालयमा झन्डा आधा झुक्याउने निर्णय गरेको हो । यस्तै, १७ गते एकदिन देशभरका […]