न्यायपरिषद् बैठकद्वारा सात जिल्लामा नयाँ न्यायाधीश सिफारिस, पाँचको सरूवा
काठमाडौं । न्यायपरिषद्ले सात जिल्ला अदालतमा नयाँ न्यायाधीश सिफारिस गरेको छ। मंगलबार बसेको परिषद् बैठकले भोजपुर, रूकुम, सोलुखुम्बु, डोल्पा, झापा, बाँके, सप्तरी जिल्ला अदालतमा न्यायाधीश सिफारिस गरेको हो। उच्च अदालत तुलसीपुरको बुटवल इजलासका रजिष्ट्रार गेहेन्द्रराज पन्त भोजपुरमा, सर्वोच्चका उपरजिष्ट्रार विद्याराज पौडेल रूकुममा, सर्वोच्चमा उपरजिष्ट्रार महेन्द्रराज काफ्ले सोलुखुम्बुमा, उच्च अदालत दीपायलको महेन्द्रनगर इजलासका रजिष्ट्रार टेकराज जोशी डोल्पामा, […]