विदेशी र नेपालीलाई हवाई भाडा समान बनाइन्छ : पर्यटनमन्त्री

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक उडानमा विदेशी र नेपालीका लागि भाडादर समान बनाइने बताएका छन् । पोखरामा जारी लिट्रेचर फेस्टिवलमा भाग लिन पुगेका मन्त्री भट्टराईले एक अन्तर्क्रियामा बोल्दै यस्तो बताएका हुन् । उनले भाडादर समान गराउन आफू विमान सेवा कम्पनीहरुसँग छलफलमा रहेको जानकारी दिए । ‘म सबैलाई सहमतिमा ल्याएरै समान […]

सत्तारुढ नेकपाको सचिवाल बैठक सकियो, स्थायी कमिटीका लागि पाँच एजेण्डा तय

काठमाडौं । स्थायी कमिटी बैठकको एजेण्डा तय गर्न बसेको सत्तारुढ दल नेकपाको सचिवाल बैठक सकिएको छ । आइतवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आजै दिउँसो बस्ने स्थायी कमिटी बैठकका लागि पाँच वटा एजेण्डा तय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘प्रचण्डले पेश गर्ने राजनीतिक प्रतिवेदन, विधान संशोधन, केन्द्रीय कमिटीको अर्को बैठक, नेपाल […]

दाङ बारको चुनावमा नेकपा-कांग्रेसको संयुक्त प्यानल पराजित, स्वतन्त्र उम्मेदवार निर्वाचित

घोराही । नेपाल बार एसोसिएशन दाङको निर्वाचनमा नेकपा र कांग्रेसको संयुक्त प्यानलको उम्मेदवारलाई हराउँदै स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा शिवप्रसाद घिमिरे ४ मत अन्तरले र उपाध्यक्षमा मणिराज आचार्य एक मत अन्तरले विजयी भएका हुन् । अध्यक्षमा विजयी घिमिरेले ६२ र उनका निकटतम प्रतिस्पर्धी ऋषिराज न्यौपानेले ५८ मत पाएका छन् । त्यस्तै उपाध्यक्षमा विजयी […]

एनआईसी एशिया बैंक र फुडमाण्डूबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले फुडमाण्डूमा २५ प्रतिशत छुट पाउने भएका छन् । बैंकका ग्राहकले फुडमाण्डूबाट आफूले इच्छाईएको खानेकुरा अर्डर गर्दा कार्ड तथा मोबाइल बैकिङ्ग प्रयोग गरी भुक्तानी गर्दा सो मात्राको छुट पाउने भएका हुन् । यस सम्बन्धि दुई संस्थाबीच एनआईसी एशिया बैंकले उपलब्ध गराएको विभिन्न डिजिटल प्रविधिमार्फत् भुक्तानी संकलन गर्ने सम्झौता भएको हो […]

एकाबिहानै सिन्धुपाल्चोकमा बस दुर्घटना, १२ जनाको घटनास्थलमै मृत्यु

सिन्धुपाल्चोक । दोलखाको कालिन्चोक भगवतीको दर्शन गरेर फर्किदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । बा २ ख ४४६८ नम्बरको बस लामोसाघु– जिरी सडकखण्डको पाँच किलो भन्ने ठाउँमा दुर्घटना भएको हो । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्वारा भन्ने ठाउँमा बस दुर्घटना भएको हो । घटनास्थलमा रहेका प्रहरीले अहिलेसम्म १२ शव भेटिएको बताए। […]

सभामुख चयन– एउटाको अपराधको सजाय अर्कोलाई नदिन माग

काठमाडौं । उपसभामुख डा शिवमाया तुम्बाहाम्फेलाई नै सभामुख बनाउन मौलिक जरोकिलो पार्टीले माग गरेको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराएर सभामुख पदमा पुरुष व्यक्तिलाई निर्वाचित गराउन लागेको भन्ने समाचार सार्वजनिक भइरहेकोमा मौलिक जरोकिलो पार्टी, महिला विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बलात्कारको आरोप लागेर सभामुख पद रिक्त भएको […]

नेकपा सचिवालय र स्थायी कमिटी आज बस्दै

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति र सचिवालय बैठक आज (आइतबार) बस्दै छ । पार्टी विधानअनुसार स्थायी समिति बैठक तीन–तीन महिनामा बस्नुपर्ने भए पनि करिब एक वर्षपछि बस्न लागेको हो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्यकारी अधिकार प्राप्त गरेसँगै पार्टीका गतिविधिहरुले पुनः गति पाएको हो । यसअघि पार्टीका हरेक निर्णय सचिवालयले […]

छोराछोरीको शिक्षामा देखिएको विभेद हटाउनुपर्छ – मन्त्री बाँस्कोटा

काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अझै पनि छोरा र छोरीलाई शिक्षा दिने कार्यमा विभेद रहेकाले त्यसको अन्त्य गर्न आवश्यक रहेको बताएका छन् । जिल्ला बाल क्लब सञ्जाल काभ्रेपलाञ्चोकको पाँचौँ जिल्ला बाल भेलामा उनले बालअधिकार गर्भबाट शुरु हुने भएकाले स्वस्थ रुपमा जन्मिन पाउनुपर्ने अधिकार र जन्मदेखि सुरक्षित जीवन निर्वाहको पक्ष र त्यसका लागि शिक्षा […]

नेकपा उपत्यका विशेष कमिटीको नाम टुंगियो, एमाले र माओवादीबाट कति-कति जना परे ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले काठमाडौं उपत्यकामा १५१ सदस्यीय विशेष प्रदेश कमिटी गठन गरेको छ । पूर्व एमालेबाट ८५ र पूर्व माओवादीबाट ६६ जना रहेको १५१ सदस्यीय किमिटीको नामावली शनिबार पार्टी महासचिव विष्णु पौडेललाई बुझाइएको छ । सूची बुझाउँदै उपत्यका विशेष प्रदेश कमिटी अध्यक्ष राजन भट्टराईले सामाजिक सञ्जालमा भनेका छन्, ‘नेकपा उपत्यका […]

मसालका महामन्त्री मोहनविक्रम सिंह हिँड्दाहिँड्दै ढलेपछि अस्पताल पुर्याइयो, केछ अवस्था ?

बुटवल । नेकपा मसालका महामन्त्री एवं अर्धभूमिगत नेता मोहनविक्रम सिंह बुटवलमा पैदल हिँड्दै गर्दा एक्कासी लडेर ढलेका छन् । ८४ वर्षीय सिंह शुक्रबार साँझ मिलनचोकको आकाशे पुलनेर सडक पेटीमा एक्कासी ढलेका हुन् । सडकमा ढलेपछि उनको कालिकानगरस्थित चौराहा हस्पिटल प्रालिमा उपचार गरिएको छ । उक्त हस्पिटलमा सिटीस्क्यान लगायतका परीक्षण गरेर करिब दुई घण्टापछि सिंह राति […]