यी ११ राजनीतिक दलले पाए निर्वाचन चिन्ह

काठमाडौँ । आगामी माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि राष्ट्रिय निर्वाचन आयोगले ११ वटा राजनीतिक दललाई मंगलबार निर्वाचन चिन्ह प्रदान गरेको छ । निर्वाचन चिन्ह पाउने ११ राजनीतिक दल यस प्रकार छन् : राजनीतिक दल र चुनाव चिन्ह १.नेकपा: सूर्य २.नेपाली कांग्रेस: रुख ३.समाजवादी पार्टी: पाँच औंला सहितको हत्केला ४.राष्ट्रिय जनता पार्टी नेपाल: […]

राष्ट्रिय सभा चुनावका लागि अधिकृत तोकिए

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले अधिकृतहरू तोकेको छ । आयोगले प्रत्येक प्रदेशमा एक जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतका रूपमा खटाएको हो । आयोगका प्रवक्ता गिरिजा शर्माका अनुसार प्रदेश १ मा मोरङका जिल्ला न्यायाधीश मेदिनीप्रसाद पौडेल, प्रदेश २ मा धनुषा जिल्ला अदालतका राजकुमार खतिवडा, प्रदेश ३ मा ललितपुर जिल्ला अदालतका महेन्द्रबहादुर […]

कांग्रेसको चेतावनीपछि रोकियो सूचना प्रविधि विधेयक

काठमाडौँ । अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रस्तावित व्यवस्था खारेज नगरे ‘नोट अफ डिसेन्ट’ राख्ने कांग्रेसको अडानपछि सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट पारित हुन सकेन । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले मंगलबार उक्त विधेयक प्रतिवेदनसहित पारित गर्नका लागि बैठक आह्वान गरेको थियो । कांग्रेसका सांसदहरूले विधेयकका दफा नै हटाउनुपर्ने अडान राखेपछि पारित […]

छाउगोठमा राख्नेको सामाजिक सुरक्षा भत्ता रोक्न गृह मन्त्रालयले पठायो परिपत्र

काठमाडौं । गृह मन्त्रालयले महिनावारी भएको बेला महिलाहरुलाई छाउगोठमा राख्नेहरुको सामाजिक सुरक्षा भत्ता रोक्का गर्न परिपत्र गरेको छ । मन्त्रालयले सुदूरपश्चिम र कर्णाली प्रदेशका प्रमुख जिल्ला अधिकारीहरुलाई तीनबुँदे परिपत्र गरेको हो । जसमा महिलाहरुलाई छाउगोठमा राख्नेहरुको बृद्धसहित सबै सामाजिक सुरक्षा भत्ता र सहुलियत कर्जा रोक्न भनिएको छ । गृहको परिपत्रमा छाउगोठहरुमा बस्ने महिलाहरुलाई पनि कारबाही […]

प्रभु बैंकको २०२औं शाखा कपिलवस्तुको तौलिहवामा विस्तार

काठमाडौं । प्रभु बैंक लिमिटेडले शाखासञ्जाल विस्तार गर्ने क्रममा कपिलवस्तुको तौलिहवामा २०२औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले गरेका हुन् । शाखा विस्तारले स्थानीय सर्वसाधारणहरु, उद्योगी व्यापारी तथा अन्य संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको […]

नेपाल बङ्गलादेश बैंकले सेयरधनीहरुलाई १२ प्रतिशत लाभांश दिने !

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले सेयरधनीहरुलाई १२ प्रतिशत प्रस्तावित लाभांश पारित गरेको छ । बैंकको २५औँ बार्षिक साधारणसभाको संचालक समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको हो । बैंकका शेयरधनीले गत आर्थिक बर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ७ प्रतिशत नगद लाभांस गरि १२ प्रतिशत लाभांस पाउने छन् । बोनस वितरणपश्चात बैंकको चुक्ता […]

यादवपछि शहरी विकास मन्त्री राईले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

काठमाडौं । उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यावले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएको २ घण्टा नबित्दै शहरी विकास मन्त्री मोहम्मद इस्तियार राईले प्रधानमन्त्री समक्ष राजीनामा पत्र बुझाएका छन् । मन्त्री राईले आफ्नो आधिकारिक लेडरप्याडमै लेखेर प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा पत्र बुझाएका हुन् । समाजवादी पार्टीबाट सरकारमा शहरी विकास […]

नैकिताकताका आधारमा सरकारमा बसिरहन मिलेन भन्दै उपेन्द्र यादवद्वारा मन्त्रीबाट राजीनामा

काठमाडौं । सरकारबाट बाहिरिन निर्णय गरेको केही समयमै उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र पठाएका छन् । मन्त्री यादवले आफैं उपस्थित नभएर ‘प्रतिनिधि’मार्फत प्रधानमन्त्री ओलीसमक्ष राजीनामा बुझाएका हुन् । समाजवादी पार्टीको मंगलबार बसेको पदाधिकारी बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । उपप्रधानमन्त्री यादवले नैतिकताको आधारले सरकारमा […]

समाजवादीले सरकार छाड्ने, उपेन्द्र यादव राजीनामा दिदै

काठमाडौं । सत्तासाझेदार दल समाजवादी पार्टीले सरकार छाड्ने भएको छ । अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा रहेको समाजवादीले सरकार छाड्ने निर्णय गरेको हो । सरकारमा सहभागी हुने सम्बन्धमा संविधान संशोधन लगायत विषयमा आफूहरुसँग भएको २ बुँदे सहमति कार्यान्वयन नभएकाले सरकार छाड्ने निर्णय भएको समाजवादी पार्टीका नेताको भनाइ छ । मंगलबार दिउँसो बसेको पार्टी पदाधिकारी बैठकले सरकारबाट […]

नेपालमा समातिएका चिनियाँलाई देश निकाला गरिने

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को चीन भ्रमणको पूर्वसन्ध्यामा नेपाल प्रहरीले विदेशी नागरिकविरुद्ध हालसम्मकै ठूलो अपरेसन चलाएको छ । चिनियाँ सुरक्षा अधिकारी र नेपालस्थित चिनियाँ दूतावासको सूचनाको आधारमा नेपालमा बसेका चिनियाँ नागरिकविरुद्ध प्रहरीले ‘स्विप अपरेसन’ चलाएको हो । गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार बादलको चीन भ्रमणसम्बन्धी प्रस्ताव सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा पेस गरिएको थियो […]