प्रभु बैंकको २०२औं शाखा कपिलवस्तुको तौलिहवामा विस्तार

Machchapuchchre

काठमाडौं । प्रभु बैंक लिमिटेडले शाखासञ्जाल विस्तार गर्ने क्रममा कपिलवस्तुको तौलिहवामा २०२औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले गरेका हुन् ।

शाखा विस्तारले स्थानीय सर्वसाधारणहरु, उद्योगी व्यापारी तथा अन्य संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्ने बैंकले विश्वास लिएको छ ।

नयाँ शाखा सहित प्रभु बैंकको कूल शाखा संख्या २०२, एक्सटेन्सन काउन्टर संख्या ३८, शाखा रहित सेवा केन्द्र १७ र एटियम संख्या १ सय ५२ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्