पछिल्लो २४ घन्टामा १२०७ कोरोना भाइरसको संक्रमित

Machchapuchchre

अर्थ राजनिती ~ पछिल्लो २४ घण्टामा १२०७  कोरोना भाइरस संक्रमण थपिएका छन । देशभरका प्रयोगशालामा १००१९ नमुना परीक्षण गर्दा ४११ महिला र ७९६ पुरुषमा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ७१ हजार ३४१ पुगेको छ । उनीहरुमध्ये ४६७ जनाको मृत्यु भएको छ भने ५३ हजार १३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ७२४ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा मात्र ११४७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको  छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्