कांग्रेस सभापति देउवाद्वारा पैदलयात्रीलाई खाना र आवासको प्रबन्ध गर्न आग्रह

Machchapuchchre

अर्थ राजनीति – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राजधानीबाट घर जाने जनतालाई तत्काल सुरक्षित ढंगले गाउँ पुर्याउने व्यवस्था मिलाउन आग्रह गरेका छन् । उनले सरकारको कडा आलोचना गर्दै निमुखाको दर्शक मात्र भएर नबस्न भनेका छन् ।

‘सरकारमा बसेकाहरु निमुखाहरुको कठिन यात्राको दर्शक मात्रै भएका छन्,’ सभापति देउवाले विज्ञप्तिमार्फत् भनेका छन्, ‘राजधानीबाट घर जाने ती जनताहरुलाई तत्काल गाँसबासको प्रबन्ध गरी सुरक्षित ढंगले गाउँ पुर्याउने व्यवस्था मिलाउन म सरकारसँग आग्रह गर्दछु ।’

उनले काठमाडौंमा श्रम गरिरहेका नागरिकहरु खाना र बस्ने व्यवस्था नहुँदा सयौं किलोमिटर पैदल हिंडेर घर गइरहेको उल्लेख समेत गरेका छन् । पछिल्लो समय राजधानी छाडेर गाउँ जानेहरु पैदल हिडिंरहेको र कष्ट भोगिरहेको खबरहरु सार्वजनिक भएपछि देउवाको पछिल्लो भनाई सार्वजनिक भएको हो ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्