नेपालमा फेरी अर्को १ जनामा भेटियो कोरोनाको संक्रमण

Machchapuchchre

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को फेरी १ जना नयाँ संक्रमित देखिएको छ। यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको नमुना परीक्षण गर्दा अर्का एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको जनाएको छ ।

नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ, जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ । सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् ।

४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखियो । आइतबार स्वास्थ्य मन्त्रालयले त्यसको जानकारी दिएको थियो । त्यसलगतै सरकारले लकडाउनको घोषणा गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्