आज रातिदेखि कञ्चनपुर जिल्लालाई ‘लक डाउन’ गरिने

Machchapuchchre

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरसहित जिल्लाका बजार र बस्ती क्षेत्रका बासिन्दालाई घर बाहिर निस्कन नदिइने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आइतबार राति ११ः५९ बजेपछि स्थानीयलाई बाहिर निस्किन नदिइने निर्णय गरेको हो ।

‘सम्पूर्ण उद्योग, कलकारखाना र बजार बन्द हुने छ,’ प्रमुख जिल्ला अधिकारी खतिवडाले भने, ‘कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि यो निर्णय गरिएको हो । यसमा सबै स्थानीयले सहयोग गर्नुहुनेछ ।’

भारतसँगको प्रमुख नाका मानिसको गड्डाचौकी नाकालाई पनि अनिश्चित कालका लागि बन्द गर्ने निर्णय भएको प्रजिअ खतिवडाले जानकारी दिए ।

मंगलबारदेखि गड्डाचौकी नाकाबाट सम्पूर्ण प्रकारको आवतजावतमा रोक लगाइने छ । पछिल्लो समय गड्डाचौकी नाका हुँदै स्वदेश फर्किनेको भीड लाग्न थालेपछि स्थानीय तहले नाका बन्द गर्न भन्दै केन्द्र सरकारको ध्यानाकर्षण गराएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्