अर्थ राजनीति । एनआईसी एशिया बैंकले रोजगारीको लागि आवेदन खुलाएको छ । बैंकले १५० जना ट्रेनि एसिस्टेन्ट मागेको छ । यो पदका लागि स्नातकमा कम्तीमा ५० प्रतिशत ल्याएका उम्मेदवारले आवेदन दिन पाउनेछन् ।
एनआईसी एशियामा आवेदन दिने म्याद ४ मार्चसम्म रहेको छ । बैंकमा अनलाइनबाटै पनि आवेदन दिन सकिनेछ । इच्छुक तथा योग्यता पुगेका आवेदकले आवेदन दिन सक्नु हुने छ ।