तोलामा ४ हजार ८ सय बढ्यो सुन

Machchapuchchre Bank

Artharajniti  ~  सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्य ४ हजार ८ सय रुपैयाँले बढेको हो । आइतबार सुनको मूल्य २ लाख ४२ हजार ६०० रुपैयाँ रहेको थियो । सोमबार यो मूल्य २ लाख ४७ हजार ४०० रुपैयाँ पुगेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ३ हजार ६५ रुपैयाँ रहेकोमा आज ३ हजार ११० रुपैयाँ कायम भएको छ । लामो समयदेखि घट्दै आएको सुनको अन्तर्राष्ट्रिय मूल्य आज बढेपछि यसको प्रभाव नेपाली बजारमा परेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्