कांग्रेस १५ औं महाधिवेशन- राष्ट्रिय सभागृहमा धमाधम उम्मेदवारी

Machchapuchchre Bank

Artharajniti  ~  नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता हुँदैछ। काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा मनोनयन फारम वितरण भइरहेको छ भने उम्मेदवारहरूले फारम भरिरहेका छन्। आजै उम्मेदवारी दर्ता हुनेछ। १५ औं महाधिवेशनमा ७ हजार ११४ महाधिवेशन  प्रतिनिधि सहभागी रहनेछन्। निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण र उमेदवारी दर्ताको काम अघि बढाएको हो। निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार बिहान १० बजेपछि उम्मेदवारका लागि मनोनयन दर्ता फारम वितरण गरिएको थियो। महाधिवेशन प्रतिनिधिहरूको नामावली राष्ट्रिय सभागृहको भित्री पर्खालमा टाँसिएको छ। साढे १२ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारीका लागि मनोनयन दर्ता हुने भएको छ। कांग्रेसले केन्द्रीय कार्यसमितिको आकार १६७ बाट बढाएर २९७ सदस्यीय बनाएको छ।

सोमबार संशोधित विधान पारित गरी पदाधिकारी संख्या १४ बाट बढाएर २६ पु‍र्‍याएको छ। नयाँ व्यवस्थाअनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएको छ। उपसभापति संख्या चार पुगेको छ। महामन्त्रीको संख्या तीन पु‍र्‍याइएको छ। एक महिला महामन्त्री अनिवार्य गरिएको छ। दुई खुला सहमहामन्त्री थपिएका छन्। यससँगै सहमहामन्त्रीको संख्या ११ पुगेको छ। प्रवक्ता पद पनि थप गरिएको छ। आवश्यक्ताका आधारमा सहप्रवक्ताको संख्या अझै थप हुने पार्टीले बताएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्