Artharajniti ~ प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले बिहीबार दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।बैठकमा समसामयिक विषयहरूमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार, उपचार, राहत र प्रभावित मानिसहरूको पुनस्र्थापनामा जुटिरहेको छ । ‘सोही सन्दर्भमा प्रधानमन्त्रीज्यूले बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत र पुनस्र्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न बैठक बोलाउनुभएको हो,’ सचिवालयले भनेको छ ।
मन्त्रिपरिषद् बैठक बस्दै, बाढीपीडितको खोज, उद्धार, राहत र पुनर्स्थापनाबारे छलफल हुने



