Artharajniti ~ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्तिमा परेका नागरिकलाई होच्याउने अन्ध समर्थक नचाहिएको बताएका छन् । साथै उनले शोक र पीडामा परेका भुईमान्छेको पक्षमा उभिने र उनीहरूको आँसु पुछ्ने सदस्य चाहिएको बताए । बुधबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । ‘नागरिकको आक्रोश र चित्कारलाई गलत व्याख्या गर्ने, सामाजिक सञ्जालको आडमा ओठे जवाफ फर्काउने र साइबर बुलिङ गर्ने छुट कसैलाई छैन’, लामिछानेले भने,‘यदि रास्वपाको कुनै पनि तहको सदस्य वा पदाधिकारीले विपद्मा परेका नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्नेलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निकालिनेछ।’
लामिछानेको चेतावनी : “तुच्छ टिप्पणी गर्नेहरूलाई पार्टीबाट निकालिनेछ “



