१२ खर्ब ९२ अर्ब केन्द्रीय बैंकमा, ३५ अर्ब थप खिच्दै

Machchapuchchre Bank

Artharajniti ~  वित्तीय प्रणालीमा अधिक तरलता हुँदा राष्ट्र बैंकमा १२ खर्ब  ९२ अर्ब थुप्रिएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको अधिक तरलतालाई निक्षेप संकलन, राष्ट्र बैंक ऋणपत्र तथा स्थायी निक्षेप सुविधा मार्फत खिचेको हो । केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता तथा अल्पकालीन ब्याजदरको अस्वभाविक उतारचढाव व्यवस्थापनका लागि वित्तीय प्रणालीको तरलता खिच्ने वा पठाउने गर्छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापन मार्फत अन्तर बैंकदरलाई नियन्त्रण गर्छ । वित्तीय प्रणालीमा अधिक तरलता कायमै भएपछि सोमबार पनि केन्द्रीय बैंकले ३५ अर्बको निक्षेप संकलन उपकरण जारी गरेका छ । रेमिट्यान्स आप्रबाहमा भएको निरन्तर सुधारले पनि वित्तीय प्रणालीमा तरलता बढेको हो । तयसका साथै सुस्त अथतन्त्रका कारण वित्तीय क्षेत्रमा कर्जाको माग बनढ्दा पनि तरलता बढ्न थाप मद्दत पुगेको हो । राष्ट्र बैंकका अनुसार गत बुधबारसम्ममा वित्तीय प्रणालीमा करिब ५६ अर्ब तरलता रहेको छ । तर, बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप तथा निक्षेप संकलन मार्फत केन्द्रीय बैंकमा राखेका पैसा परिपक्व हुने भएपछि त्यसलाई फेरि खिच्नका लागि निक्षेप संकलन उपकरण केन्द्रीय बैंकले जारी गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्