राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३० अर्ब नगद उठाउने

Machchapuchchre Bank

Artharajniti  ~  बढ्दो तरलता व्यवस्थापनको सकसकाबीच नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ नगद उठाउने भएको छ । निक्षेप संकलन बोलकबोल मार्फत केन्द्रीय बैंकले ६१ दिनका लागि ३० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो ।  इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले बुधबार दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् । २१ जुन सम्मा ८२ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरूले ५९ खर्ब १५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । समीक्षा अवधिमा ७०.९१ प्रतिशत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम गरेका बैंक तथा वित्तीय संस्थाहरूसँग १२ खर्ब रुपैयाँ बढी तरलता रहेको छ । यसले गर्दा पनि बैंकहरू लगानीको सकसपूर्ण अवस्थामा रहेका छन् । यसको व्यवस्थापनका लागि केन्द्रीय बैंकले निरन्तर निक्षेप संकलन बोलकबोलमार्फत तरलता प्रशोचन गरिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्