आज घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

Machchapuchchre Bank

Artharajniti  ~  नेपाली बजारमा आज (शुक्रबार) सुन-चाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला तीन हजार एक सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८२ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ८५ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार तोलामा चार हजार तीन सय २५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार तीन दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय २५ रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार नौ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्