राष्ट्र बैंकले जारी गर्‍यो २५ अर्बको ऋणपत्र, माग्यो प्रस्ताव

Machchapuchchre Bank

Artharajniti  ~   नेपाल राष्ट्र बैंकले शुक्रबार पुनः २५ अर्बको ऋणपत्र निष्कासन गरेको छ। राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ग’ ऋणपत्र निष्कासन गर्न लागेको हो। मंगलबार राष्ट्र बैंकले १ वर्ष अवधिको ३५ अर्ब र बुधबार पनि ४५ अर्बको ऋणपत्र निष्कासन गरेको थियो। ऋणपत्रका लागि बैंक तथा वित्तीय संस्थाहरूले शुक्रबार ३ बजेभित्र बोलकबोल मार्फत आवेदन दिन सक्ने छन्। ऋणपत्रमा न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिनेछ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्