नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै बढ्याे

Machchapuchchre Bank

Artharajniti~  नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य ह्वात्तै बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुन प्रतितोला २ हजार २ सय रूपैयाँले बढेको जनाएकाे हाे। शुक्रबार सुन प्रतितोला २ लाख ५० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला २ लाख ४८ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो।त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि तोलामा ६५ रूपैयाँले बढेको छ। शुक्रबार भने चाँदी ३ हजार ३ सय ४५ रूपैयाँमा काराेबार भइरहेकाे हाे। बिहीबार ३ हजार २ सय ८० रूपैयाँमा कारोबार भएको थियाे। अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस ४ हजार १ सय ७१ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्