Artharajniti ~ चार वाणिज्य बैंकको निष्क्रिय कर्जाले सामान्य सीमालाई पार गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (पुस मसान्तसम्म) को वित्तीय विवरण अनुसार ती बैंकहरुको निष्क्रिय कर्जा पाँच प्रतिशत भन्दा माथि पुगेको हो । यी बैंकहरुमा कुमारी, नेपाल इनभेष्टमेन्ट, लक्ष्मी सनराइज र प्रभु बैंक रहेका छन् । यसैगरी ६ बैंकको निष्क्रिय कर्जा अनुपात पनि ५ प्रतिशत हाराहारीमै छ । नेपाल बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्शियल बैंक र कृषि विकास बैंकको यस्तो अनुपता ४.९० प्रतिशतभन्दा माथि छ । त्यस्तै, ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक, एनआईशी एशिया बैंक, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकको निष्क्रिय कर्जा ४ प्रतिशत भन्दा माथि छ । एनएमबि बैंक, नेपाल एसबीआई बैंक, र सानिमा बैंकको निष्क्रिय कर्जा ३ प्रतिशतभन्दा माथि हुँदा स्ट्यान्डर्ड चार्टर्ड बैंक १.७१ प्रतिशत निष्क्रिय कर्जासहित सबैभन्दा कम निष्क्रिय कर्जा भएको दोस्रो बैंकको रुपमा रहेको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति