Artharajniti ~ कर्जा लगानी बढ्न नसकेपछि बैंकहरूले नेपाल राष्ट्र बैंकमा औसत २.९९ प्रतिशत ब्याजमा पैसा राखिरहेकोमा अहिले थप सस्तोमा राखेका छन्। गत आइतबार राष्ट्र बैंकले ४० अर्ब राख्न खोजेकोमा बैंकहरूले ४७ अर्बको प्रस्ताव गरेका थिए। उनीहरूले प्रस्ताव गरेको औसत ब्याजदर २.८९ प्रतिशत छ। बुधबार राष्ट्र बैंकले फेरि ४० अर्ब रूपैयाँ उठाउन लागेको छ। बैंकहरूको कर्जा विस्तारमा सुधार नभएर पैसा थुप्रिँदा राष्ट्र बैंकले प्रणालीबाट यसरी रकम तान्ने गर्छ। राष्ट्र बैंकले २१ दिनको लागि यस्तो पैसा खिच्ने भएको हो। पुस २८ गतेसम्म राष्ट्र बैंकमा बैंकहरूले राखेकोमध्ये दुई खर्ब ८३ अर्ब रूपैयाँ छ। यसअघि तीन खर्बभन्दा बढी रकम यसरी रहँदै आएको थियो।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति