कर्णाली डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्‍यो ‘टेकओभर’,

Machchapuchchre

Asrthasrasjniti  ~  कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषित भएको छ । बुधबार बसेको नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले उक्त बैंकलाई समस्याग्रस्त घोषणा गरेको हो । यसअघि बैंकलाई समस्याउन्मुख घोषणा गर्दै निक्षेप परिचालन र कर्जा प्रवाहमा रोक लगाएको थियो । राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेसँगै बैंकको विद्यमान सञ्चालक समिति खारेज भएको छ । त्यस्तै, उच्च व्यवस्थापनका कर्मचारी समेत स्वतः पदमुक्त भएका छन् र अब राष्ट्र बैंकले नै सञ्चालक समिति र कार्यकारी प्रमुखको जिम्मेवारी लिएको छ । सञ्चालक समितिको बैठकपछि राष्ट्र बैंकले सूचना जारी गर्दै नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ (ख) बमोजिम उक्त संस्थालाई ‘समस्याग्रस्त संस्था’ घोषणा गर्ने निर्णय गरेको जनाएको हो । उक्त बैंकलाई सुधार गर्न राष्ट्र बैंकले उप–निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरिएको छ । समूहमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उप–निर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उप–निर्देशक जुगल किशोर कुशवाहा सदस्य रहेका छन् । उनीहरुले बिहीबारदेखि जिम्मेवारी सम्हाल्नेछन् । नेपाल राष्ट्र बैंकको उक्त व्यवस्थापन समूहलाई तोकिएको कार्यादेशसहित नेपाल राष्ट्र बैंक ऐन, २०५८, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लगायतका प्रचलित कानुनको अधीनमा रही सञ्चालक समिति र संस्थाको विशेष साधारण सभाको समेत काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने अख्तियारी दिइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्