पुसका लागि नयाँ ब्याजदर घोषणा, कुन बैंकको कति ब्याज ?

Machchapuchchre

Artharajniti ~  पुस महिनाका लागि ११ वटा बैंकले ब्याजदर समायोजन गरेका छन् । बैंकहरुले प्रकाशित गरेको ब्याजदर तालिका अनुसार २० वाणिज्य बैंकमध्ये सो बराबर बैंकले ब्याजदर समायोजन गरेका छन् । यसमध्ये ९ वटा बैंकको ब्याजदर घटेको छ । बाँकी दुई बैंकले भने निक्षेपको प्रकारका आधारमा ब्याजदर घटबढ गरेका छन् । साधारण बचत खातातर्फ तीनवटा बैंकले ब्याजदर घटाएका छन् भने एउटा बैंकको ब्याजदर सामान्य बढेको छ। त्यस्तै, एकवर्षे व्यक्तिगत मुद्दती खाता अन्तर्गत तीन वटा बैंकको ब्याजदर घटाउँदा एउटा बैंकको ब्याजदर मात्रै बढेको छ । त्यस्तै, एकवर्षे संस्थागत मुद्दती खातामा आठवटा बैंकले ब्याज घटाएका छन् ।

बैंकहरुको यो समायोजनसँगै बैंकहरुमा साधारण बचत खातामा न्यूनतम ३.०० प्रतिशत विन्दुदेखि अधिकतम ३.१० प्रतिशत ब्याज पाइन्छ। त्यस्तै, एकवर्षे संस्थागत मुद्दती खातामा न्यूनतम ४ प्रतिशत देखि अधिकतम ५.५० प्रतिशतसम्म ब्याज पाइन्छ भने एकवर्षे संस्थागत मुद्दती खातामा न्यूनतम २.५० देखि ४.३० प्रतिशत ब्याजदर निर्धारण गरिएको छ । नयाँ ब्याजदर अनुसार साधारण बचत खातामा एनआईशी एसिया बैंकले तोकेको ३.१० नै बचत खाताको सबैभन्दा धेरै ब्याज हो । १३ वटा बैंकले यो ब्याजलाई ३.०० प्रतिशतको न्यूनतम सीमामा छ ।त्यस्तै, व्यक्तिगत मुद्दती खातामाप्राइम कमर्शियल बैंकले तोकेको ६ प्रतिशत ब्याजदर नै सर्वाधिक रहेको देखिन्छ । यो खातामा राष्ट्रिय वाणिज्य बैंक र एनएमबि बैंकले सबैभन्दा कम ४.०० प्रतिशत ब्याजदर तोकेका छन् ।त्यस्तै, संस्थागत मुद्दती खातामा सानिमा बैंकले तोकेको ४.३० प्रतिशत नै सबैभन्दा धेरै देखिएको छ । यस्तो खातामा कृषि विकास बैंकको ब्याजदर सबैभन्दा कम २.५० प्रतिशत रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्