Artharajniti ~ नेपाल राष्ट्र बैंक एक्लैले सञ्चालनमा रहेका सबै बैंक तथा वित्तीय संस्थाको भन्दा बढी नाफा कमाएको छ । बैंकले अर्थ मन्त्रालयमा प्रस्तुत गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०८०/८१ मा नेपाल राष्ट्र बैंकले ७३ अर्ब ७६ करोड २३ लाख रुपैयाँ खुद आम्दानी कमाएको हो । यो रकम अघिल्लो वर्षको भन्दा करिब २२ प्रतिशत बढी हो । बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षमा ७१ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएका थिए । यो सरकारलाई तिरेको करपछिको खुद नाफा हो । राष्ट्र बैंकले भने सरकारलाई आयकर तिर्नु पर्दैन । अहिले देशमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी गरी ५४ वटा बैंक तथा वित्तीय संस्थाहरू अस्थित्वमा छन् । ती सबैले कमाएको भन्दा बढी नाफा राष्ट्र बैंक एक्लैले कमाएको देखिन्छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति