सुनको मूल्यले बनायो नयाँ कीर्तिमान

Machchapuchchre

Artharajniti   ~  सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्य सोमबार प्रतितोला चार सय रुपैयाँले बढेर नयाँ कीर्तिमान कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार सुन प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुनको मूल्य प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ थियो ।यस्तै, चाँदीको मूल्य भने स्थिर छ । सोमबार चाँदी प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्