Artharajniti ~ सरकारले माघ १२ गते १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सरकारले विकास ऋणपत्र मार्फत उक्त ऋण उठाउने भएको हो । नेपाल राष्ट्र बैंकले बुधवार एक सूचना जारी गर्दै विकास ऋणपत्र २०८५ ‘ठ’ जारी गरिने जनाएको छ । ५ वर्षे विकास ऋणपत्रका लागि इच्छुक बैङ्क तथा वित्तीय संस्था, गैर–बैङ्क वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले तोकिएको प्रक्रिया पुरा गरी माघ ११ गते दिउँसो २ बजेसम्म आवेदन दिन सक्नेछन् । सूचना अनुसार विकास ऋणपत्रको बोलकबोल बिहीबार दिउँसो २ बजे हुनेछ । इच्छुक लगानीकर्ताहरूले घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कसम्मका लागि आवेदन दिन सक्नेछन् । २०८० माघ १२ गते जारी हुने विकास ऋणपत्र २०८५ माघ १२ गते परिपक्व हुनेछ । लगानीकर्ताले विकास ऋणपत्रको ब्याज छ/छ महिना अर्थात् अर्धवार्षिक रूपमा पाउने राष्ट्र बैंकले जनाएको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति