वाणिज्य बैंकहरुको वित्तीय विवरण सार्वजनिक

Machchapuchchre

Artharajniti  ~  वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् । नेपालमा सञ्चालित २० वटै वाणिज्य बैंकहरुले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका हुन् । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसरा यस अवधिमा बैंकले ३ अर्ब २० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब १८ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा  २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा को २५.६८ प्रतिशत कम हो । गत आवको सो अवधिमा बैंकले २ अर्ब ७१ करोड रुपैयाँ नाफा कमाएको थियो । एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ८० करोड रुपैयाँ नाफा गरेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ७२ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ५० करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एनएमबि बैंकले १ अर्ब ३७ करोड ५९ लाख ८७ हजार रुपैयाँ नाफा कमाएको छ । कृषि विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको छ । सिद्धार्थ बैंक लिमिटेडले १ अर्ब १३ करोड रूपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको छ ।  सानिमा बैंकले १ अर्ब १३ करोड रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोहि अवधिको तुलनामा ११.४१ प्रतिशत कम हो । लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ५ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

कुमारी बैंक लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण हेर्दा यस अवधिमा बैंकले ८६ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको देखिन्छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म माछापुच्छ्रे बैंकले ८० करोड ५३ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । दोस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने २४ करोड ६९ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७८ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८४ करोड ५ लाख ४१ हजार रुपैयाँ नाफा कमाएको छ ।  प्रभु बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७२ करोड ३ लाख ४१ हजार रुपैयाँ नाफ कमाएको छ ।  बैंकको वितरणयोग्य नाफा १ अर्ब ८६ करोड ७४ लाख ६८ हजार रुपैयाँ ऋणात्मक छ ।  नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.६० प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य मुनाफा ५६ करोड ९० लाख रुपैयाँ ऋणात्मक रहको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्