Artharajniti ~ चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म माछापुच्छ्रे बैंकले ८० करोड ५३ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष बैंकको खुद नाफा २१ दशमलव ४५ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले १ अर्ब २ करोड ५२ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको हो । दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने २४ करोड ६९ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । गत वर्ष यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ५ करोड रूपैयाँभन्दा बढी रहेको थियो । गत वर्षको तुलनामा यस वर्ष बैंकको इम्पेरमेन्ट चार्ज घटेको छ । गत वर्ष ३० करोड ४२ लाख रूपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज यस वर्ष २३ करोड ८५ लाख रूपैयाँभन्दा बढी रहेको छ । १३ दशमलव ३० प्रतिशत बोनश शेयरमार्फत पूँजी बढाएर ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रूपैयाँ कायम गरेको बैंकको शेयर प्रिमियममा ३ करोड ८ लाख रूपैयाँभन्दा बढी र रिटर्न अर्निग २४ करोड ६९ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । जगेडा कोष रकम भने ५ अर्ब ४४ करोड २७ लाख रूपैयाँभन्दा बढी रहेको छ । दोस्रो त्रैमाससम्म बैंकले १ खर्ब ५२ अर्ब ४८ करोड ५२ लाख रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको बैंकले १ खर्ब २९ अर्ब ९१ करोड २९ लाख रूपैयाँ कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा भने बढेको छ । गत वर्ष १ दशमलव ४१ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष २ दशमलव ६२ प्रतिशत कायम भएको छ । प्रतिशेयर आम्दानी १३ रूपैयाँ ८६ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १४५ रूपैयाँ रहेको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति