बैंक तथा वित्तीय संस्थाबाट २० अर्ब तान्दै राष्ट्र बैंक

Machchapuchchre

Artharajniti   ~   बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ तान्ने भएको छ । नेपाल राष्ट्र बैंकले बोलकबोल विधिबाट २० अर्ब रुपैयाँ रकम तान्न लागेको जानकारी दिएको हो । सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो २ बजेसम्म बोलकबोलमा आवेदन दिन सक्नेछन् । यो रकमको ब्याजदर समेत बोलकबोल माध्यमबाट तय हुने बताइएको छ । यस्तै, केन्द्रीय बैंकले सावा ब्याज भुक्तान मिति पुस १२ गते तय गरेको छ । बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी आह्वान गर्नुपर्ने बताइएको छ । राष्ट्र बैंकले बजारमा अधिक तरलता कायम भएपछि १४ दिनको निक्षेप संकलन उपकरण चलाएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्