अनसनरत डा. केसी र सरकारबीच आज वार्ता हुँदै

Machchapuchchre

अर्थ राजनीति  ~  सरकारले अनसनरत डा. गोविन्द केसीसँग आज वार्ता गर्ने तयारी गरेको छ । वार्ताका लागि सरकारी पक्षले आज बिहान १० बजेका लागि बोलाएको हो । दुवै पक्षबीच पहिलो चरणको वार्ता काठमाडौंमै हुने बताइएको छ । यसअघि शनिवारका लागि वार्ता तय भएको थियो । तर सरकारी वार्ता टोलीका सदस्य शिक्षा सचिव उपत्यका बाहिर रहेकाले वार्ता हुन सकेको थिएन । अनसनरत केसीको स्वास्थ्यमा समस्या देखिएपछि धनगढीको श्रीकृष्ण मन्दिरको धर्मशालाबाट उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्