अर्थ राजनीति ~ नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जिवी नेपाल प्रतिनिधि सभाको चुनाव लड्ने भएका छन् । पूर्व गर्भनर डा. नेपालले पाल्पा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिने भएका हुन् । चुनावको तयारी थालेका नेपालले राजनितिबाट समाजसेवा गर्न रुची भएकाले प्रतिनिधिसभामा उम्मेदवारी दिन लागेको बताए । उनले भने, ‘मैले गर्भनरको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरे । अब मलाई देश विकासमा लाग्नका निम्ति राजनिति भन्दा अर्को क्षेत्र देखिन । जसले गर्दा पाल्पाबाट प्रतिनिधिसभाको सदस्यमा प्रत्यक्ष उम्मेदवारी दिने तयारी थालेको छु ।’ डा. नेपाल महाप्रसाद अधिकारी भन्दा अघि गर्भनर थिए । उनी नेपाल धितोपत्र बोर्डको अध्यक्ष समेत भइसकेका व्यक्ति हुन् ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति