अर्थ राजनीति ~ प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनताको शान्ति, विकास र सुशासनको चाहनालाई यथार्थमा रुपान्तरण गर्न सरकारले काम गरिरहेको बताएका छन् ।
उनले देशका धार्मिक, सांस्कृतिक चाडपर्व र परम्पराको संरक्षण र प्रवद्र्धन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरुमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
उनले भने, ‘नेपालका सबै धार्मिक समुदायले आ–आफ्नो परिवारको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै आस्थाका साथ यो पर्व मनाउँछन् ।
प्रधानमन्त्री देउवाले यस पर्वले आपसी सद्भाव, सद्भाव र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकताको आधारशिलाका रुपमा स्थापित हुने दिशामा एकताका साथ अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।