किन गर्‍यो पुँजी कर्जामा कडाई राष्ट्र बैंकले ?

Machchapuchchre

अर्थ राजनीति  ~ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रमा जाने चालू पुँजी कर्जामा कडाई गरेको छ । बैंकले हालैमात्र चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ जारी गर्दै चालु पुँजी कर्जाको अधिकतम सीमा निर्धारण गरेको हो ।

२ करोडसम्म चालु पुँजी कर्जा चाहने फर्म/संस्था/कम्पनीलाई एक वा एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी गर्दा अनुमानित वार्षिक कारोबारको अवस्था हेरि अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र लगानी गर्न राष्ट्र बैंकले निर्देशन गरेको छ ।

इजाजतप्राप्त संस्थाले उद्यम व्यवसायको अपरेटिङ साइकल, क्यास कन्भसेसन साइकल, डेज् सेल आवट स्ट्यान्डिङ लगायतको विश्लेषण गर्दा विशेष प्रकृतिको आवश्यकता देखिएमा वार्षिक कारोबारको अधिकतम ४० प्रतिशतसम्म कर्जा लगानी गर्न सकिने बैंकले जनाएको छ । यस्तो कर्जाको अवधि १ वर्ष वा सोभन्दा कम हुनेछ । तर, पर्मानेन्ट वर्किङ क्यापिटलको आवश्यकताको लागि भने बैंक तथा वित्तीय संस्थाहरुले ५ वर्षको आवधिक प्रकृतिको कर्जा प्रदान गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, २ करोड भन्दा बढी कर्जा प्रवाह गर्नुपर्दा बैंक तथा वित्तीय संस्थाहरुले कम्पनीको पर्मानेन्ट वर्किङ क्यापिटलको आवश्यकता र फ्लक्सिङ वर्किङ क्यापिटलको आवश्यकता समेत हेरी २५ प्रतिशतसम्म लगानी गर्न सक्ने जनाएको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्