लिखित जवाफसहित आज सर्वोच्च पुगे प्रधानमन्त्री ओली

Machchapuchchre Bank

अर्थ राजनीति  ~  प्रधानमन्त्री केपी शर्मा ओली अवहेलना मुद्दामा लिखित जवाफसहित सर्वोच्च अदालतमा उपस्थित भएका छन् । पौने १२ बजे सर्वोच्च अदालत प्रवेश गरेका ओली १२ बजे फर्किएका छन् । आफूमाथि लागेको अवहेलना मुद्दामा लिखित जवाफ पेश गरेपछि न्यायपरिषद सचिवालयको निर्माणाधीन भवनको निरीक्षण गरेर ओली फर्किएका थिए । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्च अदालत परिसरमा पत्रकारहरुलाई प्रधानमन्त्री स्वयं उपस्थित भएर आफ्नो लिखित जवाफ पेश गर्नु हुने बताएका थिए । उहाँले लिखित जवाफ मात्र पठाउनु भएको भए पनि हुन्थ्यो, तर लिखित जवाफसहित उहाँ स्वयं उपस्थित भएर अदालतप्रतिको आफ्नो उच्च सम्मानलाई पनि प्रस्तुत गर्नु भएको छ । गत ५ पुसमा गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिटमाथि सुनुवाइ जारी रहँदा प्रधानमन्त्री ओलीले संविधानमा संसद् पुनःस्थापनाको व्यवस्थै नभएको उल्लेख गर्दै संवैधानिक इजलासमा हुँदै आएको बहसलाई ‘तमासा’ भनेका थिए । गत माघ १५ गते सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री र चार पूर्व प्रधानन्यायाधाीशहरु तथा पूर्व सभामुख दमननाथ ढुंगानालाई आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्