असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने मन्त्रालयको निर्णय

Machchapuchchre

अर्थ राजनीति   ~  शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण प्रभावित भएको शैक्षिक छेत्र  संशोधित नियमावली अनुसार यो वर्षको शैक्षिक सत्र जेठमा सक्ने र असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय भएको जानकारी दिएका छन् । एउटा शैक्षिक सत्रमा न्यूनतम १८० दिन अर्थात् एक हजार घन्टा पढाउनुपर्छ । सामान्यतयाः वैशाखदेखि शुरू भएर चैतमा शैक्षिक सत्र सकिन्छ । सार्वजनिक बिदा, साप्ताहिक बिदाबाहेक करिब दुई सय दिन विद्यालय सञ्चालन हुन्छ । त्यसमा खेलकुद र अतिरिक्त क्रियाकलाप पनि समाबेस हुन्छन्। शिक्षा मन्त्रालयले गत असोज १ गतेबाट ‘सिकाइ सहजीकरण निर्देशिका, २०७७’ लागू तथा मूल्यांकन गर्न स्थानीय तहहरुलाई निर्देशन दिएको थियो तर असोजबाटै वैकल्पिक सिकाइ प्रभावकारी रुपमा लागु हुन सकेन । सिकाइ सहजीकरणमा विद्यार्थी जोड्न नसकेका विद्यालयहरुले माघ महिनाबाट भौतिक उपस्थितिमा विद्यालय सन्चालन सुरु गरेका छन् । माघबाट मात्रै पठनपाठन सुरु गरेका विद्यालयहरुको व्यवस्थापन र शिक्षकहरुमा जेठमा शैक्षिक सत्र पूरा गर्नका लागि महत्वपूर्ण जिम्मेवारी रहन्छ। अब सबै सार्वजनिक विदा कटौती गरेर पढाउनुपर्ने अवस्था आएको छ ।’ यो वर्ष पाठ्यक्रम संकुचन गरी ७० प्रतिशत बनाइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्