सिमा अतिक्रमण विरुद्ध तनहुँमा विद्यार्थीको प्रदर्शन, नेतृ ममता गिरफ्तार

Machchapuchchre

तनहुँ । भारतले सिमा अतिक्रमण गरेको बिरोधमा तनहुँको सदरमुकाम दमौलीमा अखिल क्रान्तिकारीको नेतृत्वमा बिध्यार्थीहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा बिद्यार्थीहरुले ‘लिपूलेक र कालापानी हाम्रै हो’ ‘देशको सिमा मिच्न पाइदैन’ भारतीय विस्तारवाद मुर्दावाद जस्ता नाराबाजी गरेका थिए । प्रदर्शनका क्रममा उनीहरुले नेपाल सरकारले उचित कदम चाल्न नसकेको भन्दै असन्तुष्टि जानेका थिए ।

विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीको अगुवाइमा भएको उक्त प्रदर्शनको नेतृत्व गरिरहेकी बिद्यार्थी नेतृ ममतालाई प्रहरीले गिरफ्तार गरेको छ । प्रदर्शनपछि कोणसभा गर्ने क्रममा नेतृ ममतालाई गिरफ्तार गरेको क्रान्तिकारीले सञ्चारकेन्द्रलाई जनाएको छ । यस्तै हिजो चितवनमा बिद्यार्थीहरुले भब्य प्रदर्शन गरेको क्रान्तिकारीले जनाएको छ । क्रान्तिकारीका अनुसार चितवनमा करिब ४ हजार विद्यार्थीको सहभागिता रहेको थियो ।

भारतले सिमा अतिक्रमण गरेपछि विप्लव नेतृत्वको नेकपा र पार्टी सम्बद्ध जन बर्गीय संगठनहरुले देशभर बिरोध प्रदर्शन गर्ने नीति लिएको छ । पार्टीको नीति तथा कार्यक्रम अनुसार देशभर अखिल क्रान्तिकारीले प्रदर्शन गरिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्