नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रण

Machchapuchchre

अर्थ राजनीति ~ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रणमा लिएको छ । तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने पुल उद्घाटन गर्ने क्रममा प्रहरीले पौडेलसहितका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ । बुधबार पौडेलले पुल उद्घाटन गर्ने पूर्वनिर्धारित कार्यक्रम भए पनि जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस कारण धेरै मानिस जम्मा हुनु ठिक नहुने भन्दै पुल उद्घाटन स्थगित गर्न अनुरोध गरेको थियो र सो क्षेत्रमा निषेधाज्ञा घोषणा गरेको थियो । बुधबार पौडेल पुल उद्घाटन गर्नको लागि कार्यकर्ताहरु सहित पुगेका थिए । तर प्रहरीले निषेधाज्ञा लगाइएको भन्दै पौडेललाई नियन्त्रणमा लिएको हो । पौडेलले आफूलाई प्रहरीले हिरासतमा लिएको भनी फेसबुकमा लेखेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्