यती एयरलाइन्सको शनिबारदेखि माउन्टेन फ्लाइट सुरु

Machchapuchchre

अर्थ राजनीति ~ निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले शनिबारदेखि माउन्टेन फ्लाइट सुरु गर्ने भएको छ । सस्तो मूल्यमा स्वास्थ्य सतर्कता अपनाएर फ्लाइट सुरु गर्न लागेको कम्पनीले बताएको छ । किसिमका यात्रुलाई छुट्टाछुट्टै उडान प्याकेज घोषणा गरेको एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत एवं प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए। उनका अनुसार कम्पनीले नेपाली यात्रुका लागि नौ हजार रुपैयाँ र नेपालमै बसोबास वा काम गर्दै आएका विदेशीका लागि १३ हजार पाँच सय रुपैयाँमा दुईवटा टिकट दिने जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्