उचित अनुसन्धानको अभावका कारण पर्यटन क्षेत्रले सोचेजति प्रगति गरेन – मन्त्री भट्टराई

Machchapuchchre

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उचित अनुसन्धानको अभावका कारण पर्यटन क्षेत्रले सोचेजति प्रगति हासिल गर्न नसकेको बताएका छन् । अनुसन्धानमुलक दस्तावेजको अभावमा प्रभावकारी पर्यटकीय योजना निर्माण हुन नसकेको उल्लेख गर्दै उनले आगामी वर्ष सरकराले अनुसन्धानलाई जोड दिने जानकारी दिए ।

पर्यटन विकासको नयाँ गन्तव्यस्थलको खोजी गर्ने उद्देश्यले बारबरा फाउण्डेशनले आज काठमाडौँमा आयोजना गरेको अन्तरक्रियामा मन्त्री भट्टराईले भने, “अब पहिलो काम पर्यटन क्षेत्रकै खोज र अनुसन्धान गर्नुपर्ने छ, त्यही अनुसन्धानको दस्तावेजका आधारमा नयाँ योजना बनाउनु जरुरी छ, यो काम आगामी वर्षदेखि शुरु हुन्छ ।”

उनले नेपाल भ्रमण वर्ष २०२० चल्दै गर्दा आगामी दशकलाई पर्यटन प्रवद्र्धनको दशकको घोषणा गरेर अनुसन्धानात्मक दस्तावेज तयार पारी पर्यटन विकासका योजना निर्माण गर्ने र त्यही मुताविक पूर्वाधार विकासमा लाग्ने सरकारी योजना रहेको बताए । भ्रमण वर्षमा पर्यटक मात्रै भित्र्याउने उद्देश्य नरहेका प्रष्ट्याउँदै उनले पर्यटकको बसाइ लम्ब्याउने, खर्च बढाउने र रोजगारी सिर्जना गर्ने तथा आर्थिक समृद्धिमा टेवा पुर्‍याउनेतर्फ सरकराको ध्यान रहेको बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्