तथ्यांक विभागले तथ्यांक संकलक/डिजिटाइजर पदको लागि आवेदन खुलाएको

Machchapuchchre

अर्थ राजनीति ~ केन्द्रीय तथ्यांक विभागले १२ औं राष्ट्रिय जनगणनाका लागि तथ्यांक संकलक/डिजिटाइजर पदको आवेदन खुलाएको छ ।स्थानीय तहहरूको गणना क्षेत्र नक्सा तयारीका लागि २२ जना संकलक/डिजिटाइजर करारमा नियुक्त गर्न लागेको हो । जिओमेटिक्स इन्जिनियरिङमा डिप्लोमा उत्तीर्ण वा प्रमाणपत्र (प्लस टु) उत्तीर्ण गरी तीन महिना जीआइएस सम्बन्धी काम गरेको व्यक्तिले यो पदका लागि आवेदन दिन सक्ने विभागले बताएको  छ । योग्यता पुगेका उम्मेदवारहरूलाई सात दिनभित्र विभागको प्रशासन शाखामा आवेदन दिनु पर्नेछ । बढीमा आगामी फागुन मसान्त करार अवधी रहने यो पदका लागि मासिक पारिश्रमिक २८ हजार २०० तोकिएको छ । १२ जनगणना २०७८ जेठ २५ देखि असार ८ सम्म हुने भनिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्