राष्ट्र बैंकले निर्माण गरेको कार्यविधि मन्त्रिपरिषदले गर्यो स्वीकृत

Machchapuchchre

अर्थ राजनीति ~ पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले चालु वर्षको बजेटमा उल्लेख गरेको ५० अर्ब रुपैयाँको राहत कोषको कार्यविधि स्वीकृत भएको छ । राष्ट्र बैंकले निर्माण गरेको कार्यविधि मन्त्रिपरिषदले स्वीकृत गरेको हो । कोभिडबाट प्रभावित उद्योगमा कार्यरत कामदारलाई पारिश्रमिक दिनका लागि पनि सरकारले ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरेको छ । जसमा उद्योगीले आफ्नो कामदारको संख्या आवश्यक पर्ने पारिश्रमिक खुलाएर बैंकमा निवेदन दिनुपर्नेछ । कार्यविधि मन्त्रिपरिषदबाट स्वीकृत भइसकेको छ । कार्यविधि स्वीकृत भएसँगै अर्थमन्त्रालय स्रोत व्यवस्थापनमा जुटेको छ । कार्यविधिमा कोभिडबाट सबैभन्दा धेरै प्रभावित पर्यटन क्षेत्रलाई पहिलो प्रथामिकता राखिएको बताइएको छ । कोभिड-१९ का कारण आर्थिक अवस्था कमजोर भएका उद्योग धन्दा कलकारखानाहरुलाई ऋण उपलब्ध गराउने कार्यविधिमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्