राजकुमार चेपाङलाई कुटपिट गरि मारेको अभियोग लागेका सैनिक जवान थुनामा

Machchapuchchre

अर्थ राजनीति ~ चितवनको राप्ती नगरपालिका–२ का राजकुमार चेपाङलाई कुटपिट गरेर मारेको अभियोग लागेका एक सैनिक जवानलाई जिल्ला अदालतले पुर्पक्षमा लागि थुनामा पठाएको छ । जिल्ला न्यायाधीशको एकल इजलासले मंगलबार नेपाली सेनाका जवान चिरणकुमार बुढालाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । कुटपिटको ८ दिनपछि राजकुमारको निधन भएको थियो । साउन ११ गते पीडितका बुबा विष्णुलाल चेपाङले छोरा राजकुमारको सेनाको कुटाईबाट मृत्यु भएको भन्दै घटनामा संलग्नलाई कारबाही गर्न माग गरेर जिल्ला प्रहरीमा उजुरी दिएका थिए । पछि भदौ २५ गते उनले छोरालाई कुटपिट गर्ने व्यक्ति चिरणकुमार बुढा नै भएको भन्दैं प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । राजकुमारको पोष्टमार्टम रिपोर्टमा भने मृत्युको कारण ‘अनडिटरमाइण्ड’ उल्लेख गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्