समयमै मल आयात नगर्ने कम्पनीलाई कारबाही अघि बढाउन उच्च अदालत पाटनको आदेश

Machchapuchchre

अर्थ राजनिती ~ तोकिएको समयमा मल आयात नगर्ने दुई ठेकदार कम्पनीलाई कारबाही अघि बढाउन उच्च अदालत पाटनले निर्णय गरेको छ ।समयमै  मल नल्याउने दुई कम्पनीले भदौ २१ को ठेक्का रद्ध र २९ गतेको कालोसूची सिफारिस रोक्न माग गर्दै तीन वटा मुद्धा उच्च अदालतमा दायर गरेका थिए । भदौ २० गतेसम्म २५/ २५ हजार मेटि्रकटन युरिया मल ल्याउन ठेक्का पाएका कम्पनीले समयमै मल ल्याउन सकेका थिएनन् । शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल कम्पनीले ठेक्का सम्झौता रद्ध, धरौटी जफत र कालोसूची सिफारिस रोक्न माग गर्दै दायर गरेको उत्प्रेषण रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । कारबाही रोक्न माग गर्दै परेको तीन वटै रिटमा अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्